थप २४ जनामा काेराेना संक्रमण
३१ बैशाख २०७७, बुधबार २०:५१काठमाडौँ । पछिल्लाे अध्यावधिक विवरण अनुसार थप २४ जनामा काेराेना पुष्टि भएकाे छ । याे विवरणसँगै काेराेना संक्रमण हुनेकाे संख्या २४३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएकाहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ बर्षीय पुरुषहरू, ४, १०, २८ बर्षीय महिलाहरू, कपिलबस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षीय पुरुषहरू, पर्साका ३६, ७४ बर्षीय पुरुषहरू र ३६ बर्षीय महिला, नवलपरासीका ३६ बर्षीय पुरुष रहेकाे मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत जनाउनुभएकाे छ ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।