आइतवार, माघ ४, २०७७

विश्वव्यापी महामारीमा नर्सहरुको भूमिका उच्च : सभापति देउवा

३० बैशाख २०७७, मंगलवार १२:३०

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व नर्स दिवसको अवसरमा नर्सिङ पेशामा क्रियाशील सबैलाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत मुलुक अहिले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील घडीमा स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो घरपरिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा उच्च सम्मान गर्नुभएको छ ।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर सङ्क्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनुभएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र उहाँहरुको मनोवल उच्च राख्न काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको सभापति देउवाले बताउनुभएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share