तीन जिल्लाका थप १३ जनामा काेराेना संक्रमण
२९ बैशाख २०७७, सोमबार १९:५७काठमाडौँ । कपिलबस्तु, रुपन्देही र बर्दियामा गरी थप १३ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको संख्या १३४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि हुनेमा कपिलबस्तुकाे यशोधरा गाउँपालिका-८ र बुद्धभुमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ बर्षीय पुरुषहरू, रुपन्देहीकाे समरीमाई गाउँपालिका-७ र लुम्बिनी संस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषहरू र बर्दियाकाे राजापुर-५ निवासी ११ बर्षीय महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा साेमबार साँझ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
खबरइरा संवाददताclose