कपिलवस्तुमा थप दश जनामा काेराेना संक्रमण
२९ बैशाख २०७७, सोमबार ०९:०४काठमाडाैँ । कपिलवस्तुमा थप दश जनामा काेराेना संक्रमण देखिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप दश जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा साेमबार विहान जारी विज्ञप्तीमा उलेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुकाे यशोधरा गाउँपालिका-५ र बुद्धभुमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष रहेका छन् ।
खबरइरा संवाददताclose