बिहिबार, कार्तिक ६, २०७७

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

२६ बैशाख २०७७, शुक्रबार २०:१७

धनगढी । कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज हुनुभएको हो । उहाँ कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ ।

अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताउनुभयो । अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिनुभयो । उहाँको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जित्नुभएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share