बिहिबार, माघ १५, २०७७

बौद्धदर्शन सम्पूर्ण मानव जातिकै अमूल्य निधि होः मुख्यमन्त्री पोखरेल

२५ बैशाख २०७७, बिहीबार ०८:४५

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उहाँका उपदेश आज सम्पूर्ण मानव जातिमा स्थापित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बुद्धले २९ वर्षका उमेरमा दुःखको कारणको खोजीमा गृहत्याग गरेर भ्रातृत्व र मानवकल्याणका लागि महान् दार्शनिक विचारबाट समाजलाई दीक्षित गर्नुभएको नै मानव समाज सत्कर्मको बाटामा हिँड्न प्रेरित भएको सन्देशमा जनाउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा माटोमुनि दबिएर रहेका सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेको जनाउँदै प्रदेश सरकारले बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिकस्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा र अरौराकोटको खोजअनुसन्धानका साथ प्रदेश सरकारले योजनाबद्ध रुपले काम अघि बढाएको बताउनुभएको छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गत वर्ष ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔंँ’ भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण असमर्थ भएको उहाँले जनाउनुभएको छ । विश्व शान्तिको कामनाका साथै कोरोनाविरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सकसहितका स्वास्थ्य र सुरक्षाकर्मीको सम्मानमा आज साँझ घरघरमा दीप प्रज्वलन गर्न पनि उहाँले सबैलाई आह्वान गर्नुभएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share