मङ्लबार, माघ १३, २०७७

बाँकेमा थप नयाँ छ जना सङ्क्रमित

२१ बैशाख २०७७, आईतवार २०:२५

काठमाडौँ । बाँकको नेपालगञ्जमा पुनः छ जनामा कोभिड–१९) देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया रहेका छन् । योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ ।

यसअघि आजै नै बाँकेमा नौजनामा सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेका सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको पहिलोपटक हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share