सोमवार, साउन १८, २०७८

कोरोना रोकथाममा वातावरणद्वारा १४ लाख सहयोग

१७ बैशाख २०७७, बुधबार १५:५२

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले विश्वव्यापी प्रकोपको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि कर्णाली प्रदेश सरकार र कर्णाली प्रदेशका स्थानीय तहलाई गरी १४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संस्थाले कर्णाली प्रदेश सरकारको राहत कोषमा ५ लाख र कर्णाली प्रदेश अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्र पर्ने सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका २३ वटा स्थानीय तहहरुलाई ९ लाख गरी जम्मा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।

नेपाल सरकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा राहत वितरण अभियानमा सहयोग पुग्नेगरी बुधवार संस्थाको केन्द्रीय कार्यालय मार्फत कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई तथा संस्थाको १२ वटा शाखा मार्फत स्थानीय तहलाई उक्त रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्य र सचिव राधाकुमारी ढकालले स्थानीय स्तरमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले समुदायप्रतिको संस्थागत चासोलाई समेत ध्यानमा राख्दै सहयोग रकम प्रदान गरेको बताउनुभयो ।

संस्थाले बुधवार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सहकारी मन्त्री विमला के.सी. मार्फत कर्णाली प्रदेश सरकारलाई ५ लाख रुपैयाँ तथा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल मार्फत वीरेन्द्रनगर नगरपालिकालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share