आइतवार, कार्तिक १६, २०७७

ट्रेड युनियन कांग्रेसद्वारा सुर्खेतमा अलपत्र श्रमिकको उद्दार

१४ बैशाख २०७७, आईतवार १९:१४

सुर्खेत । नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशको समन्वयमा लकडाउनका कारण सुर्खेतमा अलपत्र श्रमिकहरुको उद्दार गर्नुका साथै खाजा पानीको व्यवस्था गर्रिको छ।

लामो समयदेखि लकडाउनमा फसेका श्रमिकहरु लकडाउन अझै लम्बिने देखेपछि हिडेरै आ–आफ्नो गन्तव्य जाने सुरसारमा रहेको अवस्थामा युनियनको कर्णाली प्रदेशले ट्रेड युनियन कांग्रेस सुर्खेत, निर्माण सम्बद्ध श्रमिक संघ लगायत ट्रेड युनियन कांग्रेससंग आबद्ध विभिन्न संघहरुसंग छलफल गरि रकम संकलन गरेर यातायातको लागि सहयोग गरेको हो ।

तराईका विभिन्न जिल्ला बारा,पर्सा बाँके र बर्दियाबाट सुर्खेत आएर मजदुरी गरि बसेका श्रमिकहरुलाई यातायातको व्यवस्था गरि उद्दार गर्नुकासाथै ६२ जनालाई खाजा र पानी समेत वितरण गरेको प्रदेश अध्यक्ष गोपाल गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share