बुधबार, साउन २०, २०७८

मुख्यमन्त्री राउतद्वारा अवलोकन

७ बैशाख २०७७, आईतवार १९:३५

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व पृतनाले गरेको तयारीसम्बन्धी प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

मध्यपूर्व पृतनाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित श्रीनाथ गणमा गरेको प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारीबारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

श्री मध्यपूर्वी पृतनाले प्रस्तुत गरेको उक्त प्रदर्शनीले सुरक्षा निकायबीच गरिने कारवाहीमा समेत एकरुपता ल्याउन मद्दत पु¥याई वास्तविक परिस्थितिमा कसरी कार्य गर्नेबारे ज्ञान दिलाउन सफल भएको मुख्यमन्त्री राउतले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाले कोरोना सङ्क्रमित व्यक्तिको पहिचानदेखि अस्पताल पु¥याउने र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापनसम्मको तयारीबारे प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले प्रयोग गर्ने पिपिईदेखि शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरुबारे समेत जानकारी गराएका थिए ।

नेपाली सेना मध्यपूर्व पृतनाका पृतनापति सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको उक्त प्रदर्शनीमा मुख्यमन्त्री राउत, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख प्रद्युम्नकुमार कार्की, सशस्त्र प्रहरीका डिआइजी, धनुषा र महोत्तरीका प्रजिअ, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्टलगायतका चिकित्सकको उपस्थिति रहेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share