बुधबार, साउन २०, २०७८

मुख्यमन्त्री भट्टद्वारा निर्माणाधीन ‘कोरोना वार्ड भवन’को निरीक्षण

७ बैशाख २०७७, आईतवार १९:१५

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस रोग सङ्क्रमितको उपचारका लागि धनगढीमा निर्माणाधीन ५० श्ययाको ‘कोरोना वार्ड’ को आज अनुगमन गर्नुभएको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन हुने गरी जिल्ला समन्वय समिति कैलालीको जमीनमा निर्माणाधीन वार्ड भवनको निर्माणको अवस्था र गुणस्तरबारे निरीक्षण गरिएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय–सचिव शिवसिंह वलीले जानकारी दिनुभयो ।

एक महिनाभित्र वार्ड निर्माणको काम सम्पन्न गरी सक्ने गरी सम्झौता भएपनि मुख्यमन्त्रीद्वारा उक्त भवनको यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन आएपछि निमार्णको कार्यलाई अझै तीव्रता दिइएको निर्माणको अख्तियारी पाएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिन र रात गरी काम अघि बढी रहेको छ ।” सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०÷५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक÷एक करोडको अख्तियारी दिएपछि केही दिनअघिबाट उक्त वार्ड निर्माणको कार्य शुरु भएको हो ।

सोहीअनुसार वाडको भवन निर्माणका लागि किनारा कन्सट्रक्शन प्राइभेट लिमिटेडसँग रु ९४ लाखमा एक महिनाभित्र काम सम्पन्न गरी सक्ने गरी ठेक्का सम्झौता भएको बताइएको छ । भवनमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेशन श्यया रहने बताइएको छ । नयाँ निर्माण हुने ५० श्ययाको वार्डको भवन प्री–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share