बुधबार, साउन १३, २०७८

गर्भवतीको हेलिकाेप्टबाट उद्दार

५ बैशाख २०७७, शुक्रबार २१:२२

मुगु । गर्भवतीलाई हेपटाईटिस देखिएपछि जिल्ला अस्पताल मुगुमा गर्भवतीको सर्जिकल अप्रेशन हुन नसकेपछि नेपाल सरकारद्वारा गर्भवतीको उद्दार गरि प्रदेश राजधानी सुर्खेत लगिएको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका वडा नं १ घर भएकी वर्ष २० की ममता लावडलाई सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याएपनि रगत परिक्षण गर्दा हेपटाईटिस देखिएपछि अप्रेशन गर्न समस्या हुने भएकाले हेलिकोप्टर मार्फत उद्दार गरि सुर्खेत अस्पतालमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।

पहिलो सन्तान र त्यसमापनि आमालाई हेपटाईटिरस बी देखिएको, सुत्केरी हुने समय १४ दिन कटेकाले अपे्रसन गर्न उच्च जोखिम भएको र बच्चा जन्मपछि यदि बच्चामा पनि पोजटिप देखिएमा लगाउने हेपटाईटिस बी र एमिनोग्लोविन भ्याक्सिन दिनु पर्ने भएपनि ति भ्याक्सिनहरु जिल्ला अस्पतालमा नभएकाले गर्भवती महिलालाई सुर्खेत पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तरगत राष्ट्रति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यानजोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्दार गर्दै आएको र मुगु जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभान्नित भएको जिल्ला प्रशासन कार्याालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share