बुधबार, साउन १३, २०७८

पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न सभापति देउवाकाे आग्रह

५ बैशाख २०७७, शुक्रबार १७:१५

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो ।

साथै सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गर्नुभएको छ तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उहाँको टिप्पणी छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share