कविता : ‘महामारी’
४ बैशाख २०७७, बिहीबार १९:४१थाहा छैन कोहि कसैलाई आयो कसको रहरले
संसार सबै थर्कमान छ कोरोनाको यो डरले ।
फैलिदैछ अझ बढि जल स्थल चारै तिर
मान्छे सँगै हिँडडुंल गर्छ समथर पाखा भिर ।
केहि पलमै सखाप पार्न छ है ठुला अस्त्र भने
काम गरेन त्यसले मान्छे हार खाए लाचार बने ।
को निर्धो छ को बलियो तल माथी देख्दैन
बिज्ञान प्रविधि हाम्रा कुनै तागतले छेक्दैन ।
भयो दैलो बन्द सारा मान्छे घरमा थुनिए
मौलायो कालोबजारी यत्रतत्र भ्रष्टाचारी चुनिए ।
कोहि ठुला व्यापारी त कोहि साधुको भेषमा
लुट्ने लुटिनेको खबर मात्र सुनिदै छ देशमा ।
गाई वस्तु कुकुर बाँदर छन् भोक सडकमा
यस घडामा महाजन छन् तडक भडकमा ।
कुहुकुहु गर्ने सधैं बनकी चरी एक्लो भई
खबर नदिई उडी अन्तै महामारी छल्न गई ।
पृथ्वी हो हाम्रो घर जून साँची राखेका छौं
नियमको पालना गरौं हामी सबै सभ्य बनौं ।
पिर व्यथा दु:ख पीडा सबै मिली बाँडौला है
यो अवस्था पार पाई फेरि खुसी साटौंला है ।
कविता वर्तमान सन्दर्भमा मेलखाने समसामयिक र काेराेना राेगबारे सन्देशमूलक भएका हुनाले नम्रता उप्रेतीकाे फेसबुकवालबाट साभार गरिएकाे हाे
।