कोरोना भाइरससँग जुध्न सबैले सतर्कता अपनाउन कांग्रेसकाे अपिल
१८ चैत्र २०७६, मंगलवार १८:०१सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट सतर्कता अपनाउन सबैमा अपिल गरेको छ। कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीद्धारा साेमबार जारी विज्ञप्तिमा जोखिम सामना गर्न पार्टीको तर्फबाट सम्पूर्ण साथ रहने बताउनु भएकाे छ ।
कांग्रेसले कोरोना भाइरस रोकथामका लागि प्रदेश तथा स्थानीय तहमा हुनपर्ने कार्य अझै अपुग रहेको भन्दै सरकारको ध्यानआकर्षण गराएको छ।
पार्टी सभापति रेग्मीद्धारा हस्ताक्षर विज्ञप्तिमा सरकारको एक्लो प्रयासले मात्र यो संकट समाधान हुन सक्ने अवस्था नरहेको भन्दै सबैसँगको सहकार्य र समन्वयमा कोरोना विज्ञप्तिमा भाइरससँग जुध्न प्रभावकारी कदम चाल्न जरुरी रहेको उल्लेख गर्दै यो संटकको अवस्थामा गम्भीर भएर लाग्न सबैलाइ अपिल समेत गरेको छ।
पार्टी सभापति रेग्मीले लगडाउनले प्रभावित हुनुहुने मजदुर वर्ग लगायत सबैलाई परेको समस्याका बापजुद पनि यो संकटलाई प्रास्त गर्न सबै एकजुट हुनुको विकल्प नभएको उल्लेख गर्नु भएकाे छ ।
उहाँले एकजुट भई आ–आफ्नो तहमा सहयोग र सहकार्य गर्न सबै भातृ तथा सुभेच्छुक संस्थाका सबै तहमा अनुरोध गर्नुभएको छ। उहाँले स्वास्थ्यकर्मी तथा चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराउन सम्बन्धित नियकायको ध्यानाकर्षण गराउनुभएको छ।
सभापति रेग्मीले विश्व स्वास्थ्य संगठन र सरकारले अबलम्वन गरेको कोरोना रोकथाम सम्वन्धि मापदष्ड तथा लकडाउनको पूर्ण रुपमा पालना गर्नुहुन सबैमा आग्रह गर्नुभएको छ।