शनिबार, फाल्गुन १५, २०७७

बसले अटो रिक्सालाई ठक्कर दिँदा चारजना घाइते

८ चैत्र २०७६, शनिबार १६:१७

सुर्खेत । बसले अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार चारजना घाइते भएका छन । घाइतेमध्ये एकजनाको अवस्थाभने नाजुक रहेको छ ।

वीरेन्द्रनगर नगरपालिका हटलाईन सडकको कालागाउँ प्रदेश अस्पताल गेटनजिकै बसले अटोरिक्सालाई ठक्कर दिएको हो । अटोरिक्सामा सवार बर्दिया बाँसगढी नगरपालिका ५ मा बस्ने २१ वर्षिया नन्दा गिरी, कल्पना गिरी, रचना गिरी र अटो चालक घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले घाइते नन्दा गिरीको अवस्था नाजुक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।

ना २ ख ६८२३ नम्बरका बस चालक डुङ्गेश्वर गाउँपालिकाका डम्बर डाँगीले भे १ ह ३७२० नम्बरको अटो चालक दैलेख महावु गाउँपालिका चक्रबहादुर शाहीलाई ठक्कर दिएपछि घटना घटेको प्रमुख सिजापतिले जनाउनुभयाे । उहाँका अनुसार बस चालक डम्बर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
9 Shares
Tweet
Pin
Share