कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ – नेता सिंह
४ चैत्र २०७६, मंगलवार १६:२१काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उहाँले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उहाँकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिनुभयो ।
पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस काठमाडौँका सभापति सबुज९कृष्ण० बानियाँले जनताको पक्षमा कांग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्नसक्ने बताउनुभयो ।