आइतवार, कार्तिक ९, २०७७

सुर्खेतका ४० हजार बालबालिकालाई खोप लगाइँदै

२ चैत्र २०७६, आईतवार १२:५४

सुर्खेत । दादुरा-रुवेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ४० हजार बालबालिकालाई खोप लगाइँदैछ ।

सुर्खेतमा २१ प्रतिशत बालबालिकाहरु दादुराको खोपबाट पूर्ण रुपले बञ्चित भएकाले यो अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयले वीरेन्द्रनगरमा ९ हजार ६९ जना बालबालिकाहरुलाई दादुरा-रुवेला विरुद्ध खोप लगाउने लक्ष्य रहेको जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरी १ सय ५० वटा खोप केन्द्र रहेका छन् ।

जिल्लामा पहिलो चरणमा चैत १ गतेदेखि ६ गतेसम्म, दोस्रो चरणमा चैत ८ देखि १३ गतेसम्म सिम्ता, गुर्भाकोट, पंचपुरी र चौकुनेमा तथा तेस्रो चरणअन्तर्गत चैत १५ देखि १९ गतेसम्म भेरिगंगा, लेकवेशी, चिंगाड र बराहतालमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना कार्यालयको रहेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशक रिता भण्डारी यस्ता खोप बारे केही नकारात्मक हल्ला भएपनि यसबाट नडराउन आग्रह गर्दै खोप नलगाए दादुरा-रुवेला पोलियो लगाएतका रोगको जोखिम बढ्ने बताउनु भयो ।

यो खोपले विश्वमा दादुरा–रुवेला बाट हुने मृत्युदर ४४ प्रतिशतले घट्नुका साथै नेपाल लगायत अरु ६ देशले रुवेला सिआरएसलाई नियन्त्रण लिने जनाईएको छ ।

खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारका रूपमा लिइएको छ । बालबालिकामा अङ्गभङ्गता तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन २००४ बाट हरेक चार वर्षमा अभियानकै रूपमा सञ्चालन गरिदै आइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share