शुक्रबार, कार्तिक ७, २०७७

नवनियुक्त उपकुलपतिद्धारा पदभार ग्रहण

२९ फाल्गुन २०७६, बिहीबार १७:४६

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रध्यापक डा. नन्दबहादुर सिंहले विहीबार पदभार ग्रहण गर्नुभएको छ । अघिल्लो सोमबार उपकुलपतिमा नियुक्त हुनुभएका प्रा.डा. सिंहले आज पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि उपकुलपति प्रा.डा. सिंहले कर्णालीको भुगोल आफूले भोगेको र अध्ययन गरेको भन्दै भुगोल सुहाउँदो प्राविधिक शिक्षा विश्वविद्यालयमा लागु गर्ने बताउनुभयो । विश्वविद्यालयका भौतिक संरचना निकै कम रहेको उल्लेख गर्दै उहाँले उचित संरचना निर्माण गरी विश्वविद्यालयको भित्री सुन्दरता सुधार्नतर्फ आफू अहोरात्र खट्ने जनाउनुभयो ।

उहाँले सबै विचारको सम्मान गर्ने भन्दै विश्वविद्यालयमा आउने विद्यार्थीहरुलाई प्राध्यापकका फरक विचारका पीडित बन्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘प्राध्यापकहरु बिग्रनु हुँदैन, प्रोफेसर नै बिग्रीए देश बिग्रन्छ त्यसैले अब म यो विश्वविद्यालयका प्रोफेसर बिग्रन दिँन्न ।’ उहाँले भन्नुभयो, ‘विचारका आधारमा विद्यार्थीलाई पीडा दिने प्राध्यापक शैक्षिक अपराधी हो ।’ विश्वविद्यालयमा पढाउने राम्रा शिक्षक नभए आफूसमक्ष भन्न विद्यार्थीलाई आग्रह गर्दै उहाँले अन्य विश्वविद्यालय वा अन्य अन्तराष्ट्रिय विश्वविद्यालयबाट प्रोफेसर ल्याउने वचनसमेत दिनुभयो ।

गत असोजमा पूर्व उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधी सकिएपछि सरकारले डा. मस्तबहादुर गरंजालाई निमित्त उपकुलपतिमा नियुक्त गरेको थियो । त्यसयता विश्वविद्यालय उपकुलपति विहीन थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
6 Shares
Tweet
Pin
Share