शुक्रबार, कार्तिक १४, २०७७

फोहरबाट उर्जा उत्पादन गर्न त्रि-पक्षीय सम्झौता

२८ फाल्गुन २०७६, बुधबार १४:१४
10 Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेको वीरेन्द्रनगरमा जैबिक फोहरबाट उर्जा उत्पादन गरिने भएको छ । वीरेन्द्रनगर नगरपािलकाले फोहरबाट ऊर्जा तथा जैविक मल उत्पादन गर्नकालागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र एवं केपी ब्यवसायिक सेवासँग मंगलबार काठमाडौंमा त्रि–पक्षीय सम्झौता गरेको छ ।

त्रिपक्षीय सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुवेदी एवं आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ ।

फोहरबाट ऊर्जा तथा जैविक मल उत्पादन परियोजना लागु भएसँगै अब वीरेन्द्रनगरपालिकाको फोहर व्यवस्थापन हुने भएको छ । कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहरबाट बायो ग्यास निकालिने भएको छ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिने भएको हो ।

फोहरबाट निकालिएको ग्यासबाट करिब एक हजारभन्दा बढी अर्थात १३ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । तर, परियोजन सम्पन्न हुनभने एक वर्ष लाग्ने भएको छ । यो परियोजना सम्पन्न गर्न १४ करोड १५ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

कूल लागतको ४० प्रतिशत ९५ करोड ६६ लाख २४ हजार ८ सय अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछभने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । निर्माण कम्पनीले २० वर्षसम्मको सफल परिक्षणपछि परियोजना नगरपालिकालाई हस्तान्तरण गर्ने भएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीले परियोजनाबाट नगर सफा हुनुका साथै नकुहिने फोहरको समेत उचित व्यवस्थापन हुने बताउनुभयो । उहाँले अर्गानिक कर्णाली प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई परियोजनाबाट उत्पादित जैविक मल नगरपालिकाले उपलब्ध गराउने जनाउनुभयो । उहाँका अनुसार उक्त बहुआयामी परियोजनाबाट शहरको फोहर व्यवस्थापन गर्दे मलसँगै ग्यास विक्री वितरण हुनेछ ।

परियोजना निर्माणकर्ता सेवाका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले नगरपालिकाको फोहरको समस्या हटाउन परियोजनामा लगानी गर्न लागिएको बताउनुभयो । उहाँले छाडा पशु चौपाया व्यवस्थापन एवं फोहर ब्यवस्थापनसँगै जोडिएको यस परियोजनाले कर्णाली प्रदेशको अर्गानिक प्रदेश बनाउने लक्ष्यलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
10 Shares
Tweet
Pin
Share