मङ्लबार, कार्तिक ४, २०७७

पद तथा गोपनीयताको शपथ

२१ फाल्गुन २०७६, बुधबार १८:१०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
6 Shares
Tweet
Pin
Share