बिहिबार, कार्तिक १३, २०७७

जिप दुर्घटनामा तीनजनाको मृत्यु

२१ फाल्गुन २०७६, बुधबार १८:०४

सुर्खेत ।  दैलेखबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटना भएको छ। कर्णाली प्रदेश ०२-००१ ज-०००७ नम्बरको जिप दैलेख-सुर्खेतको सिमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो। सात यात्रु सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ्भने  चारजना घाइते भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका-१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उहाँकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेकाे ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनायाे ।

दुर्घटनामा घाइते भएकाकाे वीरन्द्रनगरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share