शनिबार, कार्तिक ८, २०७७

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण

२१ फाल्गुन २०७६, बुधबार १७:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमासफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो । यसको विस्तृत विवरण केही समयमा अस्पतालले दिने बताइएको छ । मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नु भएको हो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share