बिहिबार, कार्तिक ६, २०७७

सुर्खेतमा पहिलो पटक ‘फुड एण्ड म्युजिकल फेस्टिभल’ हुँदै

१८ फाल्गुन २०७६, आईतवार १७:४५
136 Shares

सुर्खेत । यही फागुन २८ देखी चैत्र २ गते सम्म कर्णालीको राजधानी वीरेन्द्रनगरमा ‘फुड एण्ड म्युजिकल फेस्टिभल २०२०’ हुने भएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा स्वच्छ, स्वस्थ अर्गानिक खानाको विकासः अनि सम्भव छ कर्णालीको विकासः भन्ने नारासहित फेस्टिभलको आयोजना गर्न लागिएको रेडपाण्डा ग्रुप अफ कम्पनीज प्रा.लि.ले जानकारी दिएको छ ।

कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासकालागि फेस्टिभलले महत्वपुर्ण योगदान दिने अपेक्षा राखेको रेडपाण्डा ग्रुपका प्रबन्ध निर्देशक रमेश शाहीले बताउनुभयो । अर्गानिक, स्थानिय तथा नयाँ प्रविधिबाट तयार पारिएका खानाको प्रर्बद्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको संख्या बढाउनमा फेस्टिभलले योगदान पुर्याउने उहाँले जनाउनुभयो । उहाँका अनुसार सुर्खेतमा पहिलो पटक सञ्चालन हुन लागेको फेस्टिभलमा विभिन्न परिकारका खाने कुराका स्टल, खाद्य परिकार, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीपनि रहने छ ।

प्रबन्ध निर्देशक शाहीले कर्णाली सरकारले घोषणा गरेको यसपाली, घुमाैँ कर्णाली, को नारालाई फुड टुरिजमको माध्यबाट विकास गरिने बताउनुभयो । उहाँले क्यान ईन्फोटेक सुर्खेतसंग समन्वय गरेर कार्यक्रमको आयोजना गर्न लागिएको बताउँदै कर्णालीका उत्पादनहरु मुख्य आकर्षणको रुपमा रहने जिकिर गर्नुभयो ।

कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासको लागि कुनै नयाँ कामको थालनी नभएको सन्दर्भमा आफुहरुले त्यसको विकासकोलागि पनि कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार फेस्टिभल सञ्चालनकालागि १० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ८० हजारले अवलोकन गर्ने अपेक्षा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
136 Shares
Tweet
Pin
Share