बुधबार, अशोज ७, २०७७

कविता; “विश्वास र आस्था”

२२ माघ २०७६, बुधबार १४:५५
45 Shares

जब विश्वास धर्मराए जस्तो भयो
आशाको त्यान्द्रो चुटे जस्तो भयो
तरपनि आस्थाको गति टुटेन
एकोहोरो निरन्तर समर्पित भैरह्यो
भावहरु फुरिरहे, बिम्बहरु बनिरहे
अडिग आशाहरुले सपनाहरु बटुलेर
विश्वासका महलहरु बनाइरहे
अनेक अलङ्कारका आँखी झ्यालहरु कोरिइरहे
भ्रान्ति भित्रै रमेर पनि मन बुझिरह्यो
मनबाट अबिरल आस्था र श्रद्धा बगिरह्यो
समय चालको चक्रसॅगै ;
जब एकदिन क्षितिजबाट झलमल घाम झुल्कियो
विश्वासको डोरी जसको तस भेटियो
एकाएक मन हर्षले बिभोर बन्यो
सुसुप्त छाती पनि गर्वले हिमाल झैॅ माथि उठ्यो
मनले जब खुशीका पुञ्जहरु भेट्न थाल्यो
त्यो आफै गदगद भएर उमंगले उचालिन थाल्यो
सायद त्यसैले होला-
आज यो अंजुली अथाह सन्तुष्टीले भरिएको छ
विश्वास अझैॅ गाढा बनेको छ
आस्था अझैॅ दरिलो बनेको छ
-चेतन सुवेदी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
45 Shares
Tweet
Pin
Share