वीरेन्द्रनगरमा कर्फ्यू
१४ माघ २०७६, मंगलवार १८:१८सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको छ ।
टिप्परको ठक्करबाट मृत्यु भएको घटनालाई लिएर उत्तेजित भिडले तोडफोड आगजनी र धनजनको क्षति हुनसक्ने भएकाले साँझ साढे ६ वजे देखि विहान ६ वजेसम्मका लागि पू्र्वमा इत्रामखाेला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गकाे ५ सय मिटर दक्षिणसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका – ३ सिमखेतका २१ वर्षे केशर बहादुर सिंहको घटनास्थलमै मृत्यु भएको थियो। घटनाकाे विराेधमा विहानै देखि प्रदर्शन उत्रेकाे भिडले वीरेन्द्रनगरका सार्वजनिक स्थानमा ताेड्फाेड र प्रहरी विट लगायतमा आगजनी गरेका छन् । प्रदर्शन आन्दाेलनकारी र प्रहरी बिच दाेहाेराे झडप समेत भएकाे थियाे ।
वीरेन्द्रनगर–३ गौतम चोकमा विपरित दिशाबाट आएको भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
सिंहका आफन्तले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।