टिप्परले किच्दा एक जनाको घटनास्थलमै मृत्यु
१४ माघ २०७६, मंगलवार १२:१६सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका – ३ सिमखेतका २० वर्षे केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
वीरेन्द्रनगर – ३ गौतम चोकमा विपरित दिशाबाट आएको भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
सिंहका आफन्तले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
बिमला खड्काclose