आइतवार, फाल्गुन १६, २०७७

फागुन दोस्रो हप्तामा ‘कर्णाली उत्सव’ हुँदै

१२ माघ २०७६, आईतवार १७:१४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली उत्सव’, कुडा कर्णालीका हुने भएको छ । वीरेन्द्रनगरमा आईतबार आयोजित पत्रकार सम्मलेनमा ऋति फाउण्डेशनको आयोजनामा यही आउँदो फागुनको दोस्रो हप्तामा सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यानमा कुडा कर्णालीका कार्यक्रम हुन लागेको जानकारी दिइएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिँदै ऋति फाउण्डेशनका सदस्य केवल भण्डारीले कर्णालीलाई मुलुक भित्र र बाहिर चिनाउनका लागि कर्णाली उत्सव गर्न लागिएको बताउनुभयो । ‘कर्णाली उत्सवमा कर्णालीका कठिनाईका विषयमा छलफल हुनेछ, उहाँले भन्नुभयो यो कार्यक्रमले कर्णालीलाई फरक मुल्यको सिर्जना गर्ने छ ।’
सदस्य भण्डारीका अनुसार कार्यक्रमको पहिलो दिन वीरेन्द्रनगर बजार परिक्रमा पश्चात देउडाबाट कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ भने कर्णालीका विभिन्न नृत्यहरु (थारु, भोटे, मयूर नाच) प्रस्तुत गरिनेछ छ । दोस्रो दिन कर्णाली कोट्याउँ, तेस्रो दिनमा मान्ठा जुर्मराउँछन् सँगै लोपोन्मूख जाती राउटेलाई एउटा जिल्लाको रुपमा विश्लेषण गरिने उहाँले बताउनु भयो ।

विभिन्न सरोकारका विषयमा अध्ययन र अनुसन्धान गर्नेहरुदेखि यहाँका स्थानीय कुरालाई राष्ट्रियस्तरसम्म पु¥याउनका लागि उक्त कार्यक्रम सार्थक हुने सदस्य भण्डारीले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
7 Shares
Tweet
Pin
Share