इजरायलमा साहित्यसुधा नेपाल
१२ माघ २०७६, आईतवार ११:३५इजरायलको साहित्यिक भ्रमणमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको टोलीलाई त्यहाँको अनलाइन साहित्यिक समूह साहित्यसुधा नेपालले स्वागत समारोह तथा काव्य गोष्ठीको आयोजना गर्यो । प्रतिषनका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ डा. देवी नेपाल र प्रा. डा. अम्मराज जोशीलाई विशेष सम्मान गरिएको थियो ।
समारोहका अथितिहरुले इजरायलमा नेपाली साहित्यको सक्रियता देखेर अत्यन्त खुशी भएको कुरा सुनाए । समारोहकी सभाध्यक्ष प्रसाईले नेपाली साहित्यको मन्दिर प्रतिष्ठानबाट पाल्नु भएका साहित्यका हस्तीहरुलाई सम्मान र काव्य गोष्ठीको आयोजना गर्न पाउँदा हर्षको सिमा नरहेको बताईन । समारोहमा इजरायलमा क्रियाशिल अन्य साहित्यिक संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । साहित्यसुधा नेपालकी संस्थापक साहित्यकार मनीषा प्रसाईको संयोजकत्वमा आयोजित समारोह शुक्रबार तेलअविबमा भव्यताका साथ सम्पन्न भएको थियो ।