शुक्रबार, अशोज ९, २०७७

योजना वस्तुनिष्ठ बनाउन सुझाव

१० माघ २०७६, शुक्रबार १९:४०

सुर्खेत । कर्णाली प्रदेश विकास परिषद्को बैठकका सहभागिले सदस्यहरुले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मुलभुत रुपमा सही भएपनि अझै वस्तुनिष्ठ बनाउन सुझाव दिएका छन् ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागि परिषद् सदस्यहरुले आधार पत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ जना परिषद सदस्यहरुले सुझाव राखेका थिए ।

बैठकमा वोल्दै परिषद् अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले समृद्ध प्रदेशको एजेण्डामा सबैको एकता आवश्यक भएको बताउँदै रचनात्मक रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापुर्वक लागेको बताउँदै ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने लक्षकासाथ सरकार अघि बढेको बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेको वेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको आज सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सवै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रवार विहानदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषद्को बैठक सकिएको छ । परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share