शुक्रबार, फाल्गुन २१, २०७७

सवारीचालक अनुमतिपत्र अब सुर्खेतबाटै

६ माघ २०७६, सोमबार १८:२४
15 Shares

सुर्खेत । सवारी चालक अनुमति पत्रका लागि कर्णाली प्रदेश राजधानी सुर्खेतमै व्यवस्था हुने भएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएको करिब एक वर्ष पछि आइतबारदेखि फर्म खुला गरेकोे हो ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रमको उद्घाटन गरेसगैं सवारी चालक अनुमतिपत्र वितरण कार्यको सुरुवात गरिएको हो । मुख्यमन्त्री शाहीले अनुमतिपत्रका लागि कर्णालीवासीलाई नेपालगंज जाने बाध्यताको अन्त्य भएको बताउनु भयो । ‘सवारी चालक अनुमतिपत्र दक्षताका अधारमा वितरण गरिन्छ, उहाँले भन्नुभयो कोही, कसैले दवाब र प्रलोभनका भरमा अनुमतिपत्र दिईएको थाहा भयो भने कडाईका साथ कारबाही गरिन्छ ।’ उहाँले यातायात व्यवस्था कार्यालयमा हुने अनियमितताहरुमा कडा निगरानी गरिने समेत बताउनु भयो ।

वीरेन्द्रनगरमै अनुमतिपत्रका लागि प्रयोगात्मक स्थलको व्यवस्था भएपछि यहाँबाट अनुमतिपत्र बनाउन सकिने भएको हो । विभागको सुर्खेत कार्यालय मार्फतसबै वर्गका सवारी चालक अनुमतिपत्र पाउन सकिन्छ । प्रत्येक दिन दुई सय जना रहने गरी हप्तामा चार दिन प्रयोगात्मक परीक्षा लिने विभागको सुर्खेत कार्यालयको योजना छ ।

मोटरसाइकल, स्कुटर, कार, जिप, टेम्पो, अटोरिक्सा, पावर ट्रिलर, बस, ट्रक लगायत सबै सवारी साधनको अनुमतिपत्रका लागि वीरेन्द्रनगरमै आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

यसैगरी हरेक हप्ताको आइतबार देखि बुधबारसम्म प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछन् । विभागको सुर्खेत कार्यालयका निमित्त प्रमुख आनन्द चपाईंका अनुसार दिनमा दुई सय जना प्रयोगात्मक परीक्षामा सहभागी हुनेगरी व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्रले प्रयोगात्मक परीक्षाका लागि सहयोग गरेपछि वीरेन्द्रनगरबाटै चालक अनुमतिपत्रको सम्भव भएको हो । सवारी चालक अनुमतिपत्रका लागि आवश्यक प्रयोगात्मक स्थल वीरेन्द्रनगरमा रहेको बुद्व ड्राइभिङ्ग ट्रायल सेन्टरले उपलब्ध गराउने विभागको सुर्खेत कार्यालयका निमित्त प्रमुख चपाईंले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
15 Shares
Tweet
Pin
Share