मङ्लबार, फाल्गुन २५, २०७७

आवश्यकता पूरा हुने सहायता स्वीकारौँ – सहमहामन्त्री महत

६ माघ २०७६, सोमबार १३:५०
15 Shares

कास्की । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पूरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो ।

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।” ‘

यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उहाँले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताउनुभयो । काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उहाँले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
15 Shares
Tweet
Pin
Share