शनिबार, फाल्गुन १५, २०७७

मुगुमा जिप दुर्घटना, सात घाईते

३ माघ २०७६, शुक्रबार १६:१०

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ७ कुलाहामा जिप दुर्घटना हुँदा सात जना घाईते भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिकाको सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना वम, बन्जाह गाउँका धर्म बहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शना देवी शाही, राष्ट्रिय बाणिज्य बैक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बस्याल रहेको छन् ।

घाईतेहरुलाई ट्याक्टरमा राखेर प्राथामिक उपचारका लागि सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले फोन मार्फत जानकारी गराउनु भएको छ । घाईते मध्ये कमला शाही बाहेक ६ जनालाई गम्भीर चोट लागि रगत बगीरहेको उपचारमा संलग्न स्वास्थ्य कर्मी शाहीले बताउनु भयो ।

घाईतेहरुको थप उपचारका लागि जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाईएको प्रहरी नायव उपरिक्षेक भुवनेश्वर साहले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share