माघी पर्वमा कर्णालीमा सार्वजनिक विदा
२९ पुष २०७६, मंगलवार १६:५९सुर्खेत । कर्णाली प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले माघी पर्वको अवसरमा विदा दिइएको जानकारी दिनुभयाे ।
उहाँका अनुसार प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको प्रवक्ता खड्काले जनाउनु भयाे ।
मन्त्रिपरिषद बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति, साउन १ गते साउने सङ्क्रान्ति र देउडा पर्व तथा भोट ल्होेसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
बिमला खड्काclose