कालीकोटको पचालझरनामा मोबाइलबाटै विद्यालय अनुगमन
२८ पुष २०७६, सोमबार १९:१५कालीकोट । चालझरना गाउँपालिकाले कर्णालीमै पहिलो पटक विद्यालयमा नयाँप्रविधि जडान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी मोवाइलमार्फत विद्यालयको अनुगमन गर्ने गरी सफ्टवेयर सञ्चालन गरिएको हो । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहजहुने गरी ‘स्कूल डायरी’ सफ्टवेयर मार्फत विद्यालयको अनुगमन सुरु गरेको छ ।
आफ्नै कार्यकक्षबाट विद्यालयको हाजिर हेर्दै पचालझरना गाउँपालिकाअध्यक्ष खड्कराज सेजुवाल ।
पहिलो पटक गाउँपालिकाका दुई वटा विद्यालयमा जडान गरिएको उक्त प्रविधि सबै विद्यालयमा लैजाने गरी काम थालिएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो । सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने उहाँन्को विश्वास छ । ‘अनुगमनप्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो’ उहाँले भन्नजु भयो, ‘अब प्रविधिको प्रयोगले अनुगमनमा समेत सहज हुने छ ।’
शिक्षाको गुणस्तर बढाउन प्रयोगमा ल्याएको नयाँ प्रविधि प्रभावकारी हुने अध्यक्ष सेजुवालले बताउनु भयो । विद्यालय पुगेर हाजिर गरी भाग्ने शिक्षकलाई नियन्त्रण गर्न पनि सफ्टवेयर उपयोगी भएको उहाँको भनाई छ । ‘भौगोलिक रुपमा विकट जिल्लाहरुकालागिसमयसापेक्ष प्रविधीको प्रयोग नै उत्तम हुन्छ’ उहाँले भन्नुभयो । सफ्टवेयरको प्रभावकारिताका आधारमा अरु विद्यालयमा थप गर्दै जाने अध्यक्ष सेजुवालको प्रतिबद्धता छ ।
रिभोलुसन टेक्नोलोजीका अध्यक्ष बिक्रम तिवारींले पचालझरना जस्तो विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने बताउनु भयो । विकट क्षेत्रबाट नै प्रविधिको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासंग साझेदारी गरिएको उहाँले बताउनु भयो । ‘जहाँ बढी समस्या हुन्छ, त्यहाँप्रविधिको जरुरी पनि हुन्छ’ उहाँले भन्नुभयो, ‘सरकारले शिक्षामा गरेको लगानी अनुसार शैक्षिक गुणस्तर कायम गर्न सफ्टवेयर सहयोगी हुनेछ ।’ उहाँले सफ्टवेयर जडानले मात्र सबै कुरा हल नहुने भन्दै प्रभावकारी प्रयागले नतिजा ल्याउन मद्यत गर्ने बताउनु भयो ।
प्रविधिको माध्यमबाट अभिभावकहरुले घरमै बसेर आफ्नो बच्चा विद्यालय पुगे नपुगेको जानकारी लिन सक्ने, गृह कार्य गरे नगरेको जानकारी लिन सकिने तथा शिक्षकहरु विद्यालयमा नियमित भए नभएका ेबारे जानकारी लिन सहजहुने छ । सफ्टवेयरमा विद्यार्थीको स्वास्थ्य अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाई क्षमता, अतिरिक्त क्रियाकलापमा रुची तथा सहभागिता, बहुप्रतिभा तथा परीक्षाको प्राप्ताङ्कसहितको विवरण प्राप्त गर्न सकिने जनाइएको छ ।