बिहिबार, फाल्गुन १३, २०७७

संकटमा झुप्राका वादी समुदाय

२८ पुष २०७६, सोमबार ०८:३४
12 Shares

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर देखि झण्डै १० किलोमिटरको दुरीमा रहेको झुप्रा खोलाका बखतबहादुर बादीको दैनिकी नजिकै रहेको खोला किनाराको बालुवा उत्खनन् गर्दैमा बिताउनुहुन्थ्यो । आफ्ना सदस्यलाई खोलाको बालुवा, गिट्टी बेचेरै घरखर्च चलाउँदै आउनु भएका बखतबहादुरलाई अहिले भने घरखर्च चलाउन निकै मुस्किल परेको छ ।

बखतबहादुर जस्तै हरीबहादुर बादीलाई पनि आफ्नो घरखर्च चलाउन निकै मुस्किल परेको छ । उहाँले भन्नुभयो, ‘हाम्रो प्रमुख आम्दानी नै बन्द गरेपछि अब हामीले के गरेर खानु ? की हाम्रो रोजीरोटीको लागि सरकारले बन्दोबस्त गरिदिनुप¥यो ।’

बालुवा, गिट्टी बेचेर गुजरा चलाउँदै आएका सुर्खेतको बादी समुदाय नदी किनारका बालुवा, गिट्टी उत्खनन्मा सरकारले कडाई गरेपछि निकै समस्यामा परेका छन् । झुप्रा खोला किनारमै बस्दै आएपनि खोलाकै बालुवा छुन नपाउने भएपछि बादी परिवारलाई अहिले घरखर्च चलाउन धौ धौ परेको हो ।

यहाँका एक सय २४ घर परिवारका सबै सदस्य खोलाको बालुवा, गिट्टी बेचेर घरखर्च चलाउँदै आएका थिए । उनीहरुको प्रमुख आम्दानीको स्रोत बालुवा, गिट्टी उत्खनन्मा सरकारले कडाई गरेपछि गुजरा चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।

वर्षाैदेखि अस्थायी छाप्रोमा बस्दै आएका बादी समुदायको आम्दानीको कुनै स्रोत छैन् । उनीहरु घरबास बिहीन छन् र खोलामै छाप्रा हालेर बस्दै आएका छन् । विपन्न वादी समूदाय माथि परेको संकट समाधान प्रति स्थानीय सरकारपनि मौन रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल बालुवा, गिट्टी झिक्दा वादी बस्ती थप जोखिममा हुने भएका कारणले कडाई गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘नदी किनारहरु संरक्षण गर्नुपर्ने बेला भएकाले सरकारको नीति अनुसार हामीले त्यसमा कडाई गरेका हौ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
12 Shares
Tweet
Pin
Share