बालबालिकालाई पाेशाक र अभिभावकलाई न्यानाे कपडा
२७ पुष २०७६, आईतवार २०:२९सुर्खेत । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुर्भाकाेट १० हनिमानमा अध्ययनरत बालबालिकालाई पाेशाक तथा अभिभावकलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर खत्रीकाे पहल तथा नेपाली काँग्रेस सुर्खेतका जिल्ला काेषाध्यक्ष अनन्तप्रसाद पाैडेलकाे समन्वयमा उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष उद्योगपति एवं समाजसेवी टेक बहादुर भण्डारीले हनिमान विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पाेसाक गरिब जेहेन्दार अपाङ्ग असक्त विद्यार्थीका अभिभावकहरूलाई न्यानाे सिरक वितरण गरिएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर खत्री अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि धर्मप्रसाद आचार्य, गुर्भाकाेट नगरपालिका वडा नम्बर १० र ११ का वडा अध्यक्ष भीमबहादुर खत्री र लालप्रसाद आचार्यले आ-आफ्नाे भनाइ राख्नु भएकाे थियाे भने विद्यालयकी कर्मचारी ओविसरा नगालले स्वागत गर्नु भएकाे थियाे ।