मङ्लबार, फाल्गुन १८, २०७७

दृष्टिविहिन विद्यार्थीलाई न्यानो कपडा

२६ पुष २०७६, शनिबार २०:२६
13 Shares

मुगु । चिसोको मौसमलाई मध्यनजर गरी मुगुका विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना र माहाकाली नमूना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका दृष्टिविहिन, सुस्त श्रवणका १८ जना विद्यार्थीलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।
हिमाली जिल्ला मुगुमा यो वर्ष मंसिर महिनाको २८ गतेबाटै हिउँ पर्न शुरु गरेपछि दृष्टिविहिन बालबालिकाहरु चिसोमा कठाङ्गरिदै विद्यालयमा पढ्दै र बस्दै आएको देखेपछि न्यानो कपडा सहयोग गरिएको हिरिसडेक मुगुका अध्यक्ष मिन बहादुर रावलले बताउनु भयो । उहाँका अनुसार विद्यार्थीलाई चिसोमा सहजका लागि जकेट, टोपी, थर्मकोट, जुत्ता, मोजा, तन्ना र सिरकको खोल दिईएको छ । विद्यार्थीलाई सरसफाई गर्न सहज होस् भन्ने उद्देश्यले टावेल, सेनेटरी प्याड, सावुन, मन्जन, ब्रस समेत वितरण गरिएको छ ।

चिसोबाट बच्नका लागि न्यानो कपडाहरु पाएपछि दृष्टिविहिन बालबालिकाको चेहरामा खुशीपन देखिएको छ । छायाँ नेपाल नामक संस्थाको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजिकरणमा न्यानो कपडा वितरण गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
13 Shares
Tweet
Pin
Share