मङ्लबार, फाल्गुन १८, २०७७

खाना तथा सांस्कृतिक महोत्सव

२६ पुष २०७६, शनिबार १५:०७

पाल्पा ।  पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पाल्पामा मगर जातिकोे बाहुल्यता छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सवको आयोजना गरिएको हो ।

देश–विदेशमा रही काम गर्दा मगरी कला संस्कृति हराउँदै जान थालेपछि आफ्नै कला, संस्कृति संरक्षण गर्न महोत्सव आयोना गरिएको हो । नेपाल मगर सङ्घ पाल्पाले गरेको सो महोत्सवमा मगर जातिका मौलिक खानाले आन्तरिक पर्यटकको मन लोभ्याएको थियो ।

आन्तरिक पर्यटकको आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी भएको आयोजकको दाबी छ । महोत्सवमा मगरी खानाका परिकार अचार, तरुल, सखरखण्ड, सुगुरको मासुलगायतका स्वादमा मानिस झुम्मिए । ठूलो नाच हेर्न गाउँघरका मानिस पनि तानसेन आएका थिए ।

महिला पुरुषले मगरी संस्कृतिको पहिचान झल्काएको पोशाक निकै आकर्षक थियो । ती पोशाकले पर्यटकलाई लोभ्याएको थियो । माघे सङ्क्रान्तिको पूर्व नै मगर समुदायको मौलिक कला संस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष तेजबहादुर घर्तीमगर र सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह थापाले जानकारी दिनुभयो । मगर समुदाय भाषा, कला संस्कृतिमा धनी जाति रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share