मङ्लबार, साउन २७, २०७७

अज्ञात समूहद्वारा केराखेती नष्ट

२४ मंसिर २०७६, मंगलवार ११:१४
155 Shares

सुर्खेत । लेकवेसी नगरपालिका–६ कल्याणमा रहेको चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्मकाे बारीमा लगाईएका केरा अज्ञात समूहले नष्ट गरेका छन् । व्यवसायीक रुपमा बारीमा लगाईएका केरा गत आइतबार राती अज्ञात समूहले काटेर नष्ट गरेकाे हाे ।

बारीमा रहेका केरा काटेर नष्ट गरेकाे चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्मका संचालक तुलाराम वलीले बताउनु भयाे । साथै नष्ट भएकाे केराकाे क्षतिपूर्ति पाउनु पर्ने फर्मका संचालक वलीकाे दावी छ ।

चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्मकाे बारीमा रहेका करिब २ सय ५० केराका बोट काटिएको फर्म संचालक वलीले बताउनु भएकाे छ । प्रगति देख्न नसक्ने समूहबाट चार वर्ष देखि संचालनमा रहेकाे चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्ममा लगाईएका केरा नष्ट गरिएकाे उहाँले बताउनु भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
155 Shares
Tweet
Pin
Share