• schedule आइतवार, मंसिर २२, २०७६

    खानेपानी आयोजनाकाे काम तीन बर्षमा ५ प्रतिशतमात्रै

    १४ मंसिर २०७६, शनिबार १२:१०

    Sharing is caring!

    सुर्खेत । पूर्वी सुर्खेतको घुमखहरे बृहत खानेपानी आयोजनाको तीन बर्षमा केवल ५ प्रतिशतमात्रै काम भएको छ । २०७४ देखि सुरु भएको सो आयोजनामा बजेट नहुँदा अहिलेसम्म ५ प्रतिशतसम्म मात्रै काम भएको हो ।

    ५ करोडको उक्त आयोजनामा अहिलेसम्म करिव ३ लाख रुपैयाँको मात्रै काम भएको आयोजनाका अध्यक्ष थमनबहादुर खत्रीले जानकारी दिनु भयाे । पहिलो बर्षमा मुहान पहिचान र पहुँच अवधिको काम, गत बर्ष करिव ७ सय मिटरको पाइप जडान र गाड्ने काममात्रै भएको र यस बर्ष केही काम हुन नसकेको उहाँको भनाइ छ । ५ करोडको आयोजनामा अहिलेसम्म ३ लाख रुपैयाँको मात्रै काम भएको उहाँले जानकारी दिनु भयाे ।

    संघीय सरकारको उक्त योजनामा अहिले बजेट कति आउने हो त्यसको पनि टुंगो छैन । संघीय सरकारले कर्णाली प्रदेशमा आयोजनाहरुको लागि ३७
    करोड बजेट दिएको र आगामी फागुन चैतसम्म उक्त बजेट ती आयोजनाहरुलाई बाँडफाँड गर्दा यस आयोजनालाई कति भाग पर्ने हो, एकीन नभएको अध्यक्ष खत्रीले बताउनु भयाे ।

    आयोजनाको लागि उपभोक्ताहरुले संकलन गर्ने रकम बैंकमा जम्मा गरेको पनि दुई बर्ष भइसक्यो । एक प्रतिशतका दरले उठाएको रकम ५ लाख बाणिज्य बैंकको मेहेलकुना शाखामा जम्मा गरिसकेको बताउँदै अध्यक्ष खत्रीले सरकार पक्षबाट हुनुपर्ने काम नभएको दुःखेसो पोख्नु भयाे । तीन बर्षसम्म ५ प्रतिशतमात्रै काम भएको सो आयोजना तोकिएको समयमै बन्न नसक्ने उहाँकाे आशंका छ ।

    उक्त आयोजना निर्माण भएमा गुर्भाकोट नगरपालिका वडा नं. १० र ११ का करिव एक हजार घरधुरीले स्वच्छ पाउने पाउने छन् । खानेपानी आयाेजना पुरा हुने नसकेकाे घुमखहरेका वासिन्दाले भने खानेपानीकाे सास्ती खेप्नु परेकाे छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares