सोमवार, साउन २६, २०७७

प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

१० मंसिर २०७६, मंगलवार १२:२१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा जानुभएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share