schedule शनिबार, माघ ४, २०७६

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

२ मंसिर २०७६, सोमबार १६:२२

Sharing is caring!

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares