• schedule आइतवार, मंसिर २२, २०७६

    काबुल विस्फोटमा सात जनाको मृत्यु

    २७ कार्तिक २०७६, बुधबार १७:१३

    Sharing is caring!

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ ः२५ मा सो विस्फोट भएको थियो ।

    यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिनु भएकोे छ । शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

    गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताउनु भएको छ । वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares