• schedule सोमवार, मंसिर २, २०७६

    कर्णालीमा बालविवाह बढ्दो, न्युनिकरणमा प्रदेश प्रहरी सक्रिय

    २१ कार्तिक २०७६, बिहीबार ११:४०

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशमा बालविवाह गर्नेको संख्याबढ्न थालेको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर कर्णाली प्रदेश प्रहरी कार्यालयले सो कुराको जानकारी दिएको हो ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, देखासिकी, बढ्दो आधुनिकीकरण, सामाजिक तथा साँस्कृतिक कुसंस्कारका कारणले गर्दा पछिल्लो समयमा बालविवाह बढ्दै गएको पाइएको हो ।

    नेपालमा १४ वर्ष भन्दा तल उमेर समुहको ११ प्रतिशत, १५ वर्ष देखि १९ वर्ष सम्मको उमेर समुहका ४९ प्रतिशत बाालविवाह हुने गरेको छ । २० देखि २४ २९ प्रतिशत, २५ देखि २९ ८ र ५ प्रतिशत ३० वर्ष देखी माथी उमेर समुहका युवायुवती विवाह गर्ने गरेका छन् ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द जोशीले कर्णालीमा पनि प्रत्येक वर्ष बालविवाहको दर बढ्दै गएको बताउनु भयो । उहाँका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा तीनवटा बालविवाहको मुद्दा दर्ता भएको पाइएको हो । ०७४/७५ चार वटा मुद्दा दर्ता भएका छन्भने ०७५/७६मा १९ वटा मुद्दा दर्ता भएका छन् । ०७६/७७ मा तीन वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

    जसमध्ये कर्णाली प्रदेशमा चार वर्षको अवधिमा प्रहरीले १४४ बालविवाहमा उद्धार गरि अभिभावककको जिम्मा लगाएको छ । ०७३/०७४ मा २१ ७४/०७५ मा ४७, ७५/०७६ मा ४७, ७६/०७७ मा १७ वटा गरि चार वर्षको अवधिमा प्रहरीले १४४ वटा बालविवाहमा उद्धार गरि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा प्रत्येक वर्ष बालविवाहको दर भने बढ्न थालेको छ ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द जोशीले कर्णाली प्रदेशमा सामाजिक विकृतीका रुपमा रहेको बालविवाह न्युनिकरणका लागि प्रदेश प्रहरी कार्यालयले पहल थालेको जनाउनु भयो । उहाँका अनुसार यस प्रदेशमा रहेका पण्डितलाई बालविवाहको बारेमा जानकारी गराउदै बालविवाह न्यूनिकरणका लागि पहल थालेको हो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares