• schedule सोमवार, मंसिर २, २०७६

    पशुपति देखि फोक्शुण्डो बुलेट राईड

    १५ कार्तिक २०७६, शुक्रबार १९:४०

    Sharing is caring!

    काठमाडाैं । मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको सयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपति देखि नेपालको सबैभन्दा गहिरो ताल फोक्शुण्डो सम्म बुलेट मोटर बाईक यात्रा गरिएको छ ।

    कर्णालीको पर्यटन पर्वद्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्शुण्डो यात्रा थालेका छन् । काठमाडौंबाट डोल्पाको दुनैसम्म बुलेट र्याली पुग्ने भएको हो ।

    शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट र्याली एक साता लगाएर डोल्पाको फोक्शुण्डो तालसम्म पुग्ने छ । शुत्रबार बिहान पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गर्नु भएको हो ।

    विदाई गर्दै पर्यटन राज्यमन्त्री बुढाले नेपाल सरकारले मनाउ गईसरकेको भिजिट नेपाल २०२० लाई कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । उहाँले कर्णालीको समृद्धिको आधार भनेको पर्यटन भएको बताउनु भयो । कर्णालीको पर्यटन क्षेत्रहरुमा पर्यटकको रोजाईमा नपरेसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुने बताउनु भयो ।

    नेपालको पर्यटन प्रवद्र्धनमा नासाले उल्लेखनीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताउनु भयो । शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिडेको राईडरलाई शुभकामना दिदै बुढाले पहिलो पटक यसरी डोल्पामा बुलेट राईड भएको भन्दै खुशी समेत ब्यक्त गर्नु भयो ।

    काठमाडौंबाट हिडेको मोटरबाईक टोली पहिलो दिन ४४८ किलोमिटर दुरी तय गरेर दाङ, दोस्रो दिन २६९ किलोमिटर तय गरेर जाजरकोट र तेस्रो दिन ११५ किलोमिटर दुरी तय गरेर डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्शुण्डोको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले बताउनु भयो ।

    केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरुसम्म सडक सञ्जालबाट नजोडिएसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपति देखि फोक्शुण्डोसम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताउनु भयो ।

    मोटरसाईकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परामर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहका एव ज्योति विकास बैकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवली, मनघरी फाउण्डेशन सल्लाहकार डा रविन खड्का, समाज सेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्याय, ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जग बहादुर बुढा, पर्यटन ब्यबसायी जितेन्द्र झाँक्रीले खादा ओढाएर विदाई गरेका थिए ।

    मोटरसाईकल र्यालीमा बाह ओटा मोटरसाईकल रहेका छन् । नेपालको पर्यटन पर्वद्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो । यस अघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो । प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares