• schedule सोमवार, मंसिर २, २०७६

    ६ किलोमिटरको दुरी १८ मिनेटमै

    ९ कार्तिक २०७६, शनिबार ११:४६

    Sharing is caring!

    मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १ का नरजङ्ग मल्लले ६ किलोमिटरको दुरी १८ मिनेट २० सकेण्डमा पारगरि प्रथम भएका छन् । नेपाल तरुणदल मुगुले ६६ औं स्थापना दिवसको पूर्व सन्ध्यामा शनिवार बिहान आयोजित दौड प्रतियोगितामा मल्ल प्रथम भएका हुन् ।

    यसैगरि सोही दौड प्रतियोगितामा छायाँनाथ रारा नगरपालिका वडा नं १ कै विजय हितानले २० मिनेट २५ सेकेण्ड र रामकुमार मल्लले २२ मिनेट ३० सकेण्डमा पार गरी द्घितीय र तृतीय स्थान हातपारेको नेपााल तरुण दल मुगुका अध्यक्ष रमेश कुमार मल्लले जानकारी दिनु भयो ।

    उक्त दौड प्रतियोगितामा १२ जना खेलाडी सहभागी भएका थिए । नेपाल तरुणदल मुगुले स्थापना दिवसकै अवसरमा आजै पुरुस सटफुट र चियापानको आयोजना समेत गरेको छ । दौड प्रतियोगितमा प्रथम, द्घितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ५ हजार ३ हजार र २ हजार रुपैयाँको पुरस्कारको प्रदान गरिएको एथलेलेष्टिक खेल सञ्चालक पद्यमराज मल्लले बताउनु भयो ।

    नेपाल तरुण दल केन्द्रीय कार्यालयले यही कात्तिक १० गते पर्न गएको ६६ औं स्थापना दिवस मनाउनको लागि देशैभर रहेका जिल्ला कार्यसमितिलाई विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन भए बमोजिम तरुण दल मुगुले यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares