• schedule सोमवार, कार्तिक ४, २०७६

    राष्ट्रपतिद्वारा टीका ग्रहण

    २१ आश्विन २०७६, मंगलवार १५:३९

    Sharing is caring!

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उहाँले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

    राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।

    राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गर्नुभएको थियो भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिनुभयो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares