• schedule सोमवार, कार्तिक ४, २०७६

    सुर्खेत उपत्यकाका बैंक अनुगमन

    १४ आश्विन २०७६, मंगलवार १४:०३

    Sharing is caring!

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेतले उपत्यकाका बैंकहरुको अनुगमन गरेको छ । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ नजिकिएसंगै भिडभाड हुने बैंकहरुमा जेष्ठ नागरिकले सहजै सामाजिक सुरक्षा भत्ता लिन नसकिरहेका बेला उनिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरणका लागि नगरपालिकाले बैंकहरुको अनुगमन गरेको हो ।

    वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको नेतृत्वमा गएको टोलीले नगरका विभिन्न वडाको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएका बैंकहरुमा अनुगमन गरी जेष्ठ नागरिकलाई सहज रुपमा भत्ता दिन आग्रह गरेको छ । सहज रुपमा भत्ता वितरण गर्दा केही कानुनी जटिलता भएपनि तत्काल समस्या सामाधान गरी वितरण प्रक्रियालाई छिटो र छरितो बनाउने उपप्रमुख ढकालले बताउनुभयो ।

    बैंक अनुगमन लगतै वीरेन्द्रनगरको वडा नं. ८ का केही जेष्ठ नागरिकलाई भेटेर उपप्रमुख ढकालले जेष्ठ नागरिकहरुसंग छलफल गर्नुभएको थियो । छलफलका क्रममा जेष्ठ नागरिकहरुले सहज भत्ता वितरणका साथै दिवा खाजा, जेष्ठ नागरिक सेवा केन्द्रको व्यवस्था गरिदिन माग गरेका थिए ।

    अनुगमनमा वीरेन्द्रनगरमा प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, प्रशासकिय अधिकृत प्रकाश पौडेल, वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेल र नगरपालिकाका सामाजिक समितिका संयोजक यमुना नेपाली लगायतको सहभागीता रहेको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares