schedule शनिबार, माघ ११, २०७६

सुर्खेत मालपोत कार्यालयमा नबिल बैंकको एक्स्टेन्सन काउण्टर

२२ भाद्र २०७६, आईतवार २१:५१

Sharing is caring!

सुर्खेत । नबिल बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
वीरेन्द्रनगरस्थित मालपोत कार्यालयको  परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भाद्र २२ गते सुर्खेत मालपोत कार्यालय प्रमुख लक्ष्मी शाही र नबिल बैंक कर्णाली प्रदेश प्रमुख बिसन सिंहले संयुक्त रुपमा उद्घाट्न गरेका हुन् ।

नबिल बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा

जिल्ला स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट नबिल बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बैंकका शाखा प्रबन्धक गोपी पाण्डेले बताएका छन्।

एक्स्टेन्सन काउण्टरबाट स्थानीयबासी तथा सेवाग्राहीहरु बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकका अपरेसन इन चार्ज दिवश श्रेष्ठले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares